अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका व्यक्तिलाई बिहीबार केएन ९५ मास्कसहित खाद्य सामग्री प्रदान गरिएको छ ।

बिर्तामोडका युवा व्यवसायी तथा महालक्ष्मी इम्पोरियमका प्रबन्धक त्रिशित मानन्धर र उनका परिवारले क्वारेन्टाइनमै पुगेर ५५ जनालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

उनीहरुले प्रदान गरेका सामग्रीमा केएन ९५ मास्कसहित चाउचाउ, बिस्कुट, पानी र दुई थान हेन्डस् सानिटाइजर रहेको छ । दाता परिवारलाई नगरका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले धन्यवाद दिएका थिए । दाता परिवार अर्जुनधारा ६ का बासिन्दा हुन् ।