शनिश्चरे । अर्जुनधारा ८ शनिश्चरे बजारस्थित सुर्तीहट्टीका १४ वर्षीय आयुष राईको बिहीबार दिउँसो करेन्ट लागेर निधन भएको छ ।
एल्मुनियमको सामान लिएर साथीसँगै दमक गएका उनको सडक किनारमा रहेको बिजुलीको तारबाट करेन्ट लागेको थियो । गाडीबाट सामान झार्ने क्रममा एल्मुनियमको रडले बिजुलीको तारमा छोएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दमक ८ स्थित एक घरको सामान पुराउन गएको बेला बिहीबार दिउँसो ३ः५० बजे घटना भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भएको बताइएको छ ।
उनको शव पोस्टमार्टमका लागि दमक अस्पतालमा लगिएको छ । घटना पछि उनका आफन्त दमक पुगेका छन् ।