तस्वीरहरू एन्फा ।

काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको पहिलो खेलमा आज नेपालले किर्गिस्तानको यू २३ टिमसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली टोली अहिले भर्खरै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रवेश गरेको छ । नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।नेपाल आज किर्गिस्तानलाई हराउने लक्ष्यसहित मैदान उत्रनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन् ।

नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।