इलाम । इलाम जिल्लाको एक चिया उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । सूर्योदय नगरपालिका वडा नं ८ स्थित सिद्धिखोला नजिकै रहेको रक्तकाली चिया उद्योगमा आगलागी भएको हो ।

बिहानको राति करिब सवा १ बजे आगलागी हुँदा तीन करोड क्षति भएको पूर्वानुमान गरिएको छ । विद्युत सर्ट भई आगलागी भएको प्रहरीको अनुमान छ ।

दिनेश माझीको नाममा रहेको उद्योग आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट तीन करोड रुपैयाँको क्षति भएको उद्योगीले बताएका छन् । प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र बारुण यन्त्रको सहयोगमा बिहानपख आगो नियन्त्रणमा आएको छ ।