दमक । दमक ६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः नारायणप्रसाद भट्टराई चुनिएका छन् ।

छैठौ कार्यकालका लागि शनिबार सम्पन्न भएको निर्वाचन कार्यक्रमबाट पुनः भट्टराईको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति चयन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा पदम थापा, महिला उपाध्यक्षमा शान्ता गौतम, सचिवमा राजेन्द्रप्रसाद दाहाल चुनिएका छन् ।

सदस्यहरुमा काशीनाथ थपलिया, डिल्लीप्रसाद न्यौपाने, रामकुमारी तामाङ, मिनाकुमारी कोइराला, खेमराज घिमिरे, कृष्णप्रसाद शर्मा, सीता कार्की, होमनाथ गुरागाई, मन्जुकुमारी फूयल, गणेशबहादुर तामाङ र नरपति पाण्डे चुनिएका छन् ।

यस्तै ,हरिप्रसाद चापागाईको संयोजकत्वमा सुमित्रा सुवेदी र कृष्णप्रसाद दाहाल रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।