अर्जुनधारा । सहारा नेपाल साकोस शनिश्चरे सेवा केन्द्रले आइतबार एक कार्यक्रमका बीच सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

 

केन्द्र सहयोग समितिका संयोजक शंकर सुवेदीको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ३८ जनालाई उक्त भत्ता वितरण गरिएको हो ।

 

केन्द्र प्रमुख दिपक ओलीका अनुसार एकल महिलाअन्तर्गत ३३ जनालाई जनही आठ हजार रुपैयाँका दरले, एकल पुरुषअन्तर्गत २ जनालाई जनही छ हजार रुपैयाँका दरले, ज्येष्ठ पोषणअन्तर्गत १ जनालाई छ हजार रुपैयाँ र स्मृतिअन्तर्गत २ जनालाई जनही २५ हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ ।

 

सहभागी लाभग्राहीमध्ये सरस्वती सिटौला गोलेलगायतले बैंकमा पैसा जम्मा गरेर आफ्नै पैसा निकाल्दा पनि झन्झट व्यहोर्नुभन्दा सहाराको सदस्य बनेर विभिन्न सेवा सुविधा पाउन उनको जोड थियो ।

 

कार्यक्रममा कार्यपालिका सदस्य रमेश तिखत्री, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको आतिथ्यता रहेको थियो ।

 

केन्द्र प्रमुख ओलीले कार्यक्रमको औचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सदस्य छविलाल शिवाकोटीले गरेका थिए ।