पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोलीले खेल सकिएपछि दर्शक तथा समर्थकसँग खुसी साटेका छन् ।

नेपाली फुटबलको इतिहासमा पहिलोपल्ट नेपाली टिम फाइनल यात्राका क्रममा बंगलादेशसँग बुधबार बराबरी खेलेपछि खेलाडी, अफिसियल र समर्थकबीच अभूतपूर्व खुसीयाली साटासाट भयो ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा बुधबार खेलाडीले साटेको खुसीयालीलाई कैद गर्दै एन्फाले उपलब्ध गराएको तस्वीर हेरौँ ।