अर्जुनधारा । १७औँ स्थापना दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक शनिश्चरे शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

 

स्थापना दिवसको अवसरमा अर्जुनधाराको शनिश्चरे माविमा अध्ययनरत विद्यार्थीलाई लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकका कर्जा विभाग प्रमुख खगेन्द्र पराजुलीले जानकारी दिए ।

 

विधालयमा अध्ययनरत कक्षा ११ र १२ मा व्यवस्थापन संकाय लिएर अध्ययनरत विद्यार्थी सहभागी कार्यक्रममा बैकका शाखा प्रबन्धक अनिलकुमार यादवले वित्तीय साक्षरताबारे जानकारी गराएका थिए ।

 

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सिएम खनालले व्यवस्थापन संकायका विद्यार्थीलाई यस वित्तीय साक्षरता कार्यक्रमले सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान मिल्ने विश्वास व्यक्त गरेका थिए ।

 

बैंकिङ कारोबार, बचत, कर्जा, रेमिट्यान्स, बिमा, लगानीका विषयमा शाखा प्रबन्धक यादव र कर्जा प्रमुख पराजुलीले प्रष्ट पारेका थिए । ६० जनाभन्दा बढी विधार्थी सहभागी भएको कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका बारेमा पनि जानकारी गराइएको थियो ।

 

सांग्रिला बैंकले स्थापना दिवसको अवसरमा देशैभर सप्ताहव्यापी विभिन्न कार्यक्रम गर्दै आएको छ । बैंकले रक्तदान, निःशूल्क आँखा शिविर, दन्त परीक्षण, वित्तीय साक्षरता र घरदैलो कार्यक्रम गरिरहेको पराजुलीले जानकारी दिए ।

 

बैंकको देशभर ९८ वटा शाखा र ३१ एटिएम छन् ।