अर्जुनधारा । अर्जुनधारा नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा बिहीबार पशुपंक्षी पकेट प्याकेज कार्यक्रमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
स्थानीयस्तरमा रहेका कृषकहरुलाई व्यावसायिक पशुपालनमा जोड्दै आर्थिक सम्वृद्धि गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए ।
अर्जुनधारा ११स्थित परिश्रमी मिश्रित कृषक समूह सहआयोजक रहेको उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख हरिकुमार रानाले गरेका थिए । शाखा प्रमुख पदमलाल राईले पकेट प्याकेज कार्यक्रमको विषयमा सहजीकरण गरेको उक्त कार्यक्रममा एक सय जना कृषकको सहभागिता रहेको बताइएको छ ।
समूहकी अध्यक्ष सीतादेवी रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख राना, नगर आर्थिक समितिकी संयोजक दिलमाया दास, नगर सभा सदस्य सीता रणपहेली, प्रमुख प्रशासकीय अधिकृत गीता राई, समाजसेवी रोहितमान ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समूहकी सदस्य देवी गौतम चुँडालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव चन्द्रकला भण्डारीले गरेकी थिइन् ।