अर्जुनधारा । पशुमा लाग्ने थुनेलो रोगको रोकथाम गर्दै सम्भावित क्षति नव्यहार्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाका २ वटा वडाका कृषकलाई निःशूल्क औषधि वितरण गरिएको छ । वडा नम्बर १० र ११का कृषकहरुलाई आइतबार एक कार्यक्रमका बीच औषधि वितरण गरिएको हो ।
उक्त औषधिहरु नगर पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाले उपलब्ध गराएको हो । स्थानीय परिश्रमि मिश्रित कृषक समूह तथा दुग्ध चिस्यान केन्द्रको कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि निवर्तमान नगर प्रमुख हरिकुमार राना, नविनिर्वाचित वडाध्यक्षद्वय भूपेन्द्र न्यौपाने र खगेन्द्र इङनामले उनीहरुलाई उक्त औषधि हस्तान्तरण गरेका थिए ।
समूहकी अध्यक्ष सीतादेवी रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा उक्त वडाका ८५ जना कृषकलाई उक्त औषधि वितरण गरिएको थियो । समूहकी सचिव चन्द्रकला भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन शाखा प्रमुख पदमलाल राईले गरेका थिए ।
