पाँचथर । असार लागेसँगै पाँचथरमा धमाधम विकास निमार्णको कार्यलाई तिब्रता दिइएको छ । चालू आर्थिक वर्षको अन्त्यसँगै प्रदेश सरकारले असारे विकासलाई तिब्रता दिएको हो । पानी पर्ने सिजनमा भए पनि सडक निर्माण हुन लागेपछि स्थानीय खुसी भएका छन् ।

 

तर, पछिल्लो समय बजेट सक्काउनका लागि मात्र विकास निर्माणका कार्यहरु भएको हुँदा सम्बन्धित निकायले त्यसतर्फ अनुगमन गर्नुपर्ने देखिन्छ । प्रदेश १ सरकारबाट पाँचथरमा निर्माण हुँदै आएको फिपदक सल्लेरी खण्ड कालोपत्रे सडक निर्माण तीब्र गतिमा भइरहेको छ । सडक खण्ड अन्तरगतको १० किलोमिटर कालोपत्रे सडक निर्माणको अन्तिम चरणमा पुगेको छ ।

 

सडक निर्माणस्थलमा निर्माण व्यवसायी र कार्यालयको प्राविधिकहरु निर्माण अनुगमनमा खटिन थालेका छन् । पानी पर्ने सिजनमा भए पनि सडक निमार्ण हुन लागेपछि स्थानीय खुसी भएका छन् । पूर्वाधार विकास कार्यालय पाँचथर मार्फत ५२ करोड ५७ लाख ३० हजारले फिदिम सल्लेरी खण्ड कालोपत्रे सडक निर्माणले गरिएको हो ।

 

निर्माण समयमै सम्पन्न गर्न यतिबेला निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालय निर्माण स्थलमा जुटेका छन् । वर्षा सुरु भएसँगै निर्माण गुणस्तरमा कमी हुन सक्ने भन्दै पूर्वाधार विकास कार्यालय पाँचथरको प्राविधिक टोली निर्माण स्थलमा नियमित खट्ने गरेको छ ।

 

सरकारको मापडण्ड अनुसार निर्माण गर्न व्यवसायी तयार रहेता पनि डिजेल तथा पेट्रोलको मूल्य दोब्बर भएपछि घाटाले निर्माण व्यवसायी धरासायी हुन थालेको व्यवसायी डिबि लामाले जानकारी गराउनुभएको छ ।

 

ढिलै भए पनि कालोपत्रे सडक निर्माणले गाँउघरका सर्वसाधरणलाई आवतजावतमा सहजसँगै उनीहरुको आर्थिक सुधार हुन थालेको फिदिम १२ का वडा अध्यक्ष कमल चापागाईले जानकारी दिनुभएको छ । पछिल्लो समय बजेट सक्काउनका लागि मात्र विकास निर्माणका कार्यहरु भएको हुँदा सम्बन्धित निकायले त्यसतर्फ अनुगमन गर्नुपर्ने देखिन्छ । इमेज खबरबाट