झापा । झापाको मेचीनगर नगरपालिका ५ स्थित तिरिङ-काँकरभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारीसहित सवारी साधन बरामद गरेको छ । आज बिहान पौने ११ बजेतिर प्रहरीले सवारी साधनसहित धेरै परिमाणमा सुपारी बरामद गरेको हो ।

 

इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकरभिट्टातर्फ आउँदै गरेको मे १च ४९८० नम्वरको पिकअप गाडी चेकजाँच गर्दा करिव ७ सय केजी (७ क्वीन्टल) अवैध सुपारी बरामद गरेको हो । प्रहरीले बरामद गरेको बजारमूल्य अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैयाँ रहेको जनाइएको छ ।

 

बरामद गरिएको उक्त सुपारी, सवारी साधन र चालक ४८ वर्षीय दानबहादुर पोख्रेलसमेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।