मोरङ । मोरङबाट भारततर्फ ‘दिलवाले रक्सी’ तस्करी हुने गरेको पाइएको छ । मोरङ प्रहरीले जहदा गाउँपालिका १ कालाबञ्जराबाट भारत लैजान लागेको १५० कार्टुन उक्त रक्सीसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

 

आइतबार राति १० बजे प्रहरी टोलीले को १ त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बरामद गरेको रक्सीको मूल्य १ लाख ३५ हजार बराबरको छ ।

 

ट्याक्टर चालक भने फरार रहेका छन् । प्रहरीलाई देख्न साथ चालक गाडी छोडी फरार रहेकाले खोजतलास भरहेको प्रहरीले जनाएको छ ।

 

नियन्त्रणमा लिएको रक्सी आवश्यक कारवाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।