बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका फुटपाथ व्यवसायीहरुलाई हटाउन थालेको छ । आज नगर प्रहरीको टोलीले बिर्तामोडको फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरुलाई बल प्रयोग गरी हटाएको हो ।

 

त्यसक्रममा नगर प्रहरीले व्यवसायीहरुलाई लछारपछार गरेको थियो । व्यवसायीहरुले नगर प्रहरीलाई दुव्र्यवहार गरेका कारण उनीहरुलाई पक्राउ गर्ने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । नगर प्रहरीले व्यवसायीहरुलाई पक्राउ गर्न नसके पनि उनीहरुको सामान उठाएर लगेको स्वीकार गरेका छन् ।

 

बिर्तामोड नगरपालिकाले साउन २२ गते फुटपाथ खाली गर्ने सम्बन्धी ७ दिने सूचना जारी गरेको थियो । तर, पाँच दिनपछि नै नगरपालिकाले बल प्रयोग गरी फुटपाथ व्यवसायीहरुलाई हटाउन थालेको हो । यस विषयमा नगरपालिकाको चौतर्फी आलोचना भइरहेको छ ।