झापा । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले मेचीनगरको काँकरभिट्टा क्षेत्रबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको सुपारी र भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रजनी गन्धा बरामद गरेको छ । प्रहरीका अनुसार १ लाख ८० हजारबराबरकाे रजनी गन्धा र सुपारी बरामद गरेकाे हाे ।

 

झापा प्रहरीका अनुसार हिजो (मंगलबार) साँझ ७ बजे प्रहरीको टोलीले ८० हजार मूल्यबराबरको सुपारी मेचीनगर ६ स्थित गैरीगाउँबाट बरामद गरेको हो । गैरीगाँउबाट नेपालदेखि भारततर्फ अवैधरुपमा लाँदै गरेको १२० केजी सुपारी बरामद गरेको हो ।

 

यस्तै, हिजै राति ८ बजेतिर इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको ५० बण्डल रजनी गन्धा बरामद गरेको जनाएको छ ।

 

करिब १ लाख मूल्यबराबरको उक्त रजनी गन्धा र बरामद सुपारी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको झापा प्रहरी प्रवक्ता तथा डिएसपी वसन्त पाठकले जनाएका छन् ।