दमक । झापाको दमक नगरपालिका १० स्थित रतुवा पुलबाट प्रहरीले अवैधरुपमा भित्र्याइएका चिनी र सूर्तीजन्य वस्तु बरामद गरेको छ । हिजो (बुधबार) राति १०ः२५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले उक्त सामान बरामद गरेको हो ।

 

प्रहरीका अनुसार दमक १० स्थित रतुवा पुलमा मोरङबाट झापातर्फ आइरहेको मे. १ च ६७९० नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा गाडीभित्र अवैधरुपमा ल्याउँदै गरेको सामान बरामद भएको हो । चिनी १६ बोरा, बिडी ४ काटुन, खैनी ५ बोरा र कुरमुरे ३ बोरा फेला परेको झापा प्रहरी प्रवक्ता तथा डिएसपी वसन्त थापाले जानकारी दिएका छन् ।

 

गाडी चालक दमक ७ बस्ने ४१ वर्षीय नारायण बस्नेतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता थापाले बताए । उनका अनुसार सामान र गाडीको अन्दाजी मूलय ६ लाख ६७ हजार कायम गरिएको छ ।

 

 

पक्राउ परेका चालक बस्नेतसहित सामान आवश्‍यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको जनाइएको छ ।