बिर्तामोड । सात वर्ष अघिदेखि बिर्तामोडमा सञ्चालनमा आएको नारी फिटनेसले खेलाडीलाई मात्र नभएर सबै समुदायलाई लक्षित गरि हेल्दी मार्ट सञ्चालनमा ल्याएको छ । नारी फिटनेसले आज (शुक्रबार) एक कार्यक्रम गरि हेल्दी मार्ट सञ्चालनमा ल्याएको हो ।

 

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र सञ्चारकर्मी लीला अनमोलले बिर्तामोड ५ स्थित पाथिभरा टोलमा रहेको हेल्दी मार्टको संयुक्तरुपमा उद्घाटन गरे । नारी फिटनेस र हेल्दी मार्टको सञ्चालकमा देवेन्द्र थपलिया र विनु कट्टेल थपलिया रहेका छन् ।

 

सञ्चालकका अनुसार फिटनेस र मार्टको लगानी एक करोडभन्दा बढी रहेको छ । मार्टमा स्वास्थ्यवद्र्धक खानेकुरासँगै स्पोटर्स वेयर, सौन्दर्य सामग्री उपलब्ध हुने सञ्चालिका विनु कट्टेल थपलियाले बताइन् ।

 

नारी फिटनेसमा हाल दुई सिफ्टमा २२६ जना प्रशिक्षार्थी रहेको बताइएको छ । उनीहरुलाई प्रशिक्षक ममता थापा, सुशिला लिम्बू र अजिशा लिम्बूले प्रशिक्षण दिइरहेका छन् ।

 

संक्षिप्त कार्यक्रममा वाणिज्य संघका अध्यक्ष शिवाकोटी र सञ्चारकर्मी अनमोलले शारीरिक सुगठनका लागि महिलाका लागि सहज हुने नारी फिटनेस र महिलालाई उद्यमी तथा व्यावसायीको रुपमा स्थापित गराउन मार्ट सञ्चालनको शुभकामना दिएका थिए ।

 

उनीहरुले मार्ट सञ्चालनले महिला आफैँमा आत्मनिर्भर बन्ने भएपछि समाज रुपान्तरणमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । सञ्चालक देवेन्द्र थपलियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुष्पा गौतमले गरेकी थिइन् ।