झापा । प्रहरीले जिल्लाको दुई अलग अलग स्थानबाट अवैधरुपमा नेपालबाट भारततर्फ लाँदै गरेको र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सुपारी र कपडा बरामद गरेको छ ।

 

आज (शुक्रबार) बिहान करिब १०ः२५ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ पिङकीठ्याकबाट भारततर्फ अवैधरुपमा लाँदै गरेको १४० केजी सुपारी बरामद गरेको हो । प्रहरीका अनुसार उक्त परिमाणको सुपारीको बजारमूल्य अन्दाजी ८५ हजार रहेको बताइएको छ ।

 

आजै बिहान ११ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ६ स्थित भानुचोक नजिकै भारतबाट अवैधरुपमा लुकाईछिपाई ल्याउँदै गरेको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

अन्दाजी १ मूल्यबराबरको कपडा बरामद र मेचीनगरबाट बरामद गरिएको सुपारी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।