बिर्तामोड । हरेक सोमबार बन्द हुँदै आएको बिर्तामोडका बजार चाडवाडभर खुल्ला गरिने भएको छ । बिर्तामोड उधोग बाणिज्य संघले सूचना जारी गर्दै भदौ २६ देखि कार्तिक १४ गतेसम्म सोमबार बजार राख्ने जनाएको छ ।

 

दशै, तिहार र छ्ठ पर्वको अवधिभर सोमबार बजार खुल्ला राख्ने बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले जानकारी दिए । संघको सूचनामा सर्वसुलभ दररेटमा बिक्री वितरण गर्न समेत आग्रह गरिएको छ ।