बिर्तामोड । भारतबाट नेपालतर्फ ल्याइरहेको भारतमा उत्पादित चिनी बरामद गरेको छ । भन्सार छलेर अवैधरुपमा नेपाल भित्र्याइरहेको चिनी झापाको बाह्रदशी गाउँपालिकाबाट प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो अन्दाजी २ बजेर ४० मिनेटमा बाह्रदशी गाउँपालिका वडा नम्बर ३ मा पर्ने राजगढ बजारबाट प्रहरीले ४० बोरा चिनी बरामद गरेको हो । पशु हाटको खाली सार्वजनिक स्थानमा अवैधरुपमा चोरी पैठारी गरी भारतबाट नेपाल ल्याइएको २० क्वीन्टल चिनी प्रहरीले बरामद गरेको बताइएको छ ।
राजगढबाट बरामद अन्दाजी १ लाख ३० हजार मूल्यबराबरको भारतीय चिनी इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो । उक्त चिनीआवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालय झापा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।