पथरीशनिश्चरे । भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याउदै गरेको करिब ४ लाखको कपडा (जिन्सको पाईन्ट) प्रहरीले बरामद गरेको छ।
सोमबार मोरङ्गको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित साहु टोलमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको हो।
बरामद गरिएको कपडाको सम्वन्धमा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको मोरङ्ग प्रहरीले जनाएको छ।