भद्रपुर । झापाको भद्रपुर १० स्थित लेखनाथ चोकमा नाइट क्लब सञ्चालनमा आएको छ । झापामा पहिलोपटक ‘क्लब लभ कर्मा’ सञ्चालनमा आएको हो । युवा व्यवसायी शुभम् बर्माले नाइट क्लब सञ्चालनमा ल्याएका हुन् ।

 

झापाबासीसहित छिमेकी मुलुक भारतका सेवाग्राहीलाई लक्षित गरी क्लब सञ्चालनमा ल्याएइको सञ्चालक बर्माले बताए । “नेपालका ठूला शहरहरुमा नाइट क्बल सञ्चालन छन्”, उनले भने, “तर, झापामा थिएन, नाइट क्लबप्रेमीहरुलाई लक्षित गरेर क्लब सञ्चालन ल्याइएको हो ।”

 

क्लबमा डिजे, लाइभ म्युजिकको आनन्द लिनुका साथै इन्डियन, चाइनिज, कन्टिनेन्टल खानाको स्वाद लिन सकिन्छ । क्लबले जिल्लामै नयाँपन थपिनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने युवा व्यवसायी बर्मा बताउँछन् ।

 

 

‘मानिसहरु जहिल्यै नयाँ कुरा खोजिरहेका हुन्छन्’, उनले भने, ‘ठूला सहरका लागि नयाँ नभए पनि झापाका लागि यो नयाँ कुरा हो, ग्राहकले यहाँ आएपछि नयाँपन महसुस गर्ने विश्वास छ ।’

 

आफ्ना पितालाई मुख्य आदर्श र प्रेरणाको स्रोत मान्ने युवा व्यवसायी शुभम् बर्मा चन्द्रगढीस्थित भवानी मेट्रेसका सन्चालक पनि हुन् भने भारतमा समेत विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् ।