अर्जुनधारा । अर्जुनधारा नगर पशुपन्छी तथा मत्स्य विकास शाखा नगरमा रहेका किसान तथा सहकारीमा आवद्धताका लागि के कसरी ? लाभ लिन सकिन्छ भन्ने हेतुले सरोकारवालासँग आज अन्तरक्रिया गरेको छ । नगरपालिकाबाट हुनसक्ने पहलकद्मी र भइरहेका कार्यका बारेमा जानकारीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

 

नगरमा रहेका सहकारीकर्मीहरुलगायत अन्य सरोकारवालाहरुसँग पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमको विषयमा अन्तरक्रिया गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए । कृषि कर्ममा लागेका र सहकारीतर्फ सक्रिय नगरबासीका लागि कृषि तथा पशुजन्य उत्पादन, बजारीकरण, सुदृढिकरण, व्यवस्थापनका बारेमा शाखा प्रमुख राइले प्रष्ट पारेका थिए ।

 

उनले पशुपालक कृषकले कसरी लाभ लिन सक्छन् ? उनीहरुलाई नगर सरकारबाट कसरी सेवा दिन सकिन्छ ? कृषि कर्ममा लागेका कृषकका लागि नगरले के के योजना ल्याएका छन् ? कसरी अघि बढेको छ भन्ने विषयमा पनि प्रस्तुति दिएका थिए ।

 

विशेष गरेर पशुपंक्षी तथा कृषिमा संलग्न किसानको आर्थिकस्तर उकास्नका लागि नगर तथा पशुपंक्षी विकास शाखाले ल्याएका योजनाका बारेमा केन्द्रित अन्तरक्रिया नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरिया “अस्मिता”को अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन निवर्तमान प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

 

कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, कर्णाली सहकारीका अध्यक्ष टसबहादुर प्रधान, अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारी संस्थाका उपाध्यक्ष छत्र पौडेललगायतले मन्तव्य राखेका थिए ।

 

अर्जुनधारा नगर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रत्युस आजाद रानालगायत सहकारीकर्मीको सहभागिता रहेको कार्यक्रममा समितिकी सदस्य सीता कँडेलले स्वागत र कार्यक्रमको सञ्चालन अर्का सदस्य टुम्मनाथ काफ्लेले गरेका थिए ।