झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित भट्टराई चोकबाट भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवैध सामानसहित अटो प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

मेची भन्सार कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरीसहितको संयुक्त टोलीले सामानसहित अटो नियन्त्रणमा लिएको हो ।

 

भारतबाट नेपालतर्फ आई रोकिराखेको प्र.१-०१-००१ ह ८३५५ नम्बरको अटोलाई शंका लागेर चेकजाँच गर्दा अवैधरुपमा भन्सार छलेर ल्याइएको ५८ हजार २०० रुपैयाँ मूल्य बराबरको जाडोमा लगाउने कपडा पक्राउ गरिएको थियो ।

 

पक्राउ परेका कपडाहरुमा टोपी २८२ थान, बच्चाको ट्राउजर ३०० थान फेला परेकोले नियन्त्रणमा लिएर सामान र अटोलाई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।