बिर्तामोड । पछिल्लो समय झापामा पनि पारिवारिक घुमघामसँगै बाहिरै गएर खाना खाने संस्कारको विकास भइरहेको छ । विभिन्न खानाका परिकारका पारखीहरुलाई मध्यनजर गर्दै झापाको बिर्तामोडमा नैवेद्य फेमिली रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

 

बिर्तामोडमा १० वर्षअघि गणपति बेकरी सञ्चालनमा ल्याइएपछि ग्राहकको मागलाई ध्यानमा राखेर रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालकले जनाएका छन् । आइतबार बिर्तामोडमा पत्रकार भेटघाट गरी गणपति बेकरको सफलतासँगै रेष्टुरेन्ट खोलिएको बताइयो ।

 

गणपति बेकर्स प्रालिका सञ्चालक राजु ढकालले सञ्चालनमा ल्याएको रेष्टुरेन्टको भोलि (सोमबार) उद्घाटन गरिने भएको छ । बिर्तामोडमा नैवेद्य फेमिली रेष्टुरेन्ट र दमकमा केकज्याक सञ्चालन गरिएको सञ्चालक ढकालले जानकारी दिए । रेष्टुरेन्टले मंसिर १७ गतेसम्म उद्घाटन सप्ताहन्त समय राखेको छ ।

 

एक करोड ५० लाख रुपैयाँको लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक ढकालले बताएका छन् । होटलमा भेज तथा ननभेज खाना तथा नास्ता उपलब्ध हुने जनाइएको छ ।

 

रेष्टुरेन्टमा ग्राहकको स्वास्थ्यलाई मध्यनजर गरी गुणस्तरीय सामग्रीका साथ स्वच्छ रुपमा तयार गरिएका खाजा तथा खाना, पेय पदार्थ उपलब्ध हुने जनाइएको छ । सन् २००७ मा अस्टे«लिया गएर बेकरीमा काम गरेको र त्यहाँ सिकेको सीपलाई नेपालमा प्रयोगमा ल्याएको ढकालले बताएका छन् ।

 

विशेष गरेर तन्दुरी आइटमसँगै नर्थ इण्डियन डिसलाई प्राथमिकता दिइने यस रेष्टुरेण्टमा अन्य विदेशी परिकार पनि उपलब्ध गराइने भएको छ । गणपति बेकरीले बिहान तथा दिउँसोको खाजालाई पूर्णता दिए पनि पारिवारिक वातावरणमा खानालगायत अन्य खाद्य वस्तुको पूर्णता नैवेद्य रेष्टुरेण्टले दिन सञ्चालकको भनाइ छ ।