मेचीनगर । प्रहरीले अवैध सामानसहित लामो समयपश्चात् तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ स्थित काली मन्दिर छेउबाट तस्करसहित सामान पक्राउ गरेको हो ।
दुई लाख पचास हजार मूल्यबराबरको सामानसहित मेचीनगर ६ बस्ने ३० वर्षीय बाबुल राजवंशीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
राजवंशीले भारतबाट भन्सार छलेर नेपाली ढाकाको झोला र पोते ४ बोरा अवैध रुपमा नेपाल भित्राएका थिए । सामानसहित पक्राउ परेका राजवंशीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ ।