बिर्तामोड । नेपाल बित्तीय संस्था कर्मचारी संघ एक्सेल डेभलपमेन्ट बैंकको तेस्रो अधिवेसनले गोपाल लोहनीलाई सर्बसम्मत अध्यक्ष चयन गरेको छ । झापाको बिर्तामोडमा शनिबार भएको अधिवेशनले लोहनीलाई आगामी चारवर्षे कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।

 

कमिटीको बरिष्ठ उपाध्यक्षमा भागवत ढुङगाना चयन भएका छन् । ढुङगाना यसअघि कार्यवाहक अध्यक्ष थिए । नविन संग्रौला र यामनाथ पौडेल उपाध्यक्ष रहेको नवनिर्वाचित कमिटीमा राज शंकर थापा महासचिव चयन भएका छन् ।

 

यसैगरी उपमहासचिव राजन ढकाल र कोषाध्यक्ष गजेन्द्र ढकाल नयाँ कमिटीमा आएका छन् । सदस्यहरुमा निशा ओली आचार्य, निरज ढुङगाना, चन्दना भण्डारी र तेजप्रकाश न्यौपाने रहेको समितिका निवर्तमान उपमहासचिब सरोज खतिवडाले जानकारी दिए । नवनिर्वाचित कमिटीका अध्यक्षले दुई सदस्य मनोनयन गर्ने बताइएको छ ।

 

कार्यबाहक अध्यक्ष भागवत ढुङगानाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्ने अधिकांस वक्ताले बैंक ब्यावस्थापन र कर्मचारीहरुको सहकार्यको उदाहरण एक्सेल बैंक भएको भन्दै प्रशंसा गरेका थिए ।

 

कार्यक्रममा नेपाल बित्तीय संस्था कर्मचारी संघका प्रदेश अध्यक्ष राम भट्टराई, उपाध्यक्ष यामनाथ पौडेल, मार्केटिङ विभाग प्रमुख पंकज घिमिरे, मानव संसाधन बिभाग प्रमुह श्यामबहादुर बोहरा, आन्तरिक लेखा प्रमुख महेशमान प्रधान, कर्जा असुली बिभाग प्रमुख चन्द्रप्रसाद आचार्य, विजनेस विभाग प्रमुख शिव गिरी, भवानी प्रसाई, होमबहादुर कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत डा इन्द्रकुमार कट्टेलले ट्रेड युनियनले संस्थाको हितमा सोच्नुपर्ने धारणा राखेका थिए । उनले ब्यवस्थापन र कर्मचारी दुई ध्रुवमा विभाजित हुनु नहुने धारणा राख्दै यतिबेला बैकिङ क्षेत्रका सूचकहरु पोजेटिभ नभएकाले सबै पक्षले यस समस्याको समाधान गर्नुपर्ने उल्लेख गरे ।

 

कार्यक्रमका प्रमुख अतिथि ट्रेड युनियनका नेता यज्ञप्रताप अधिकारीले बैंकले कर्मचारीको शोषण गर्न नहुने धारणा राखेका थिए । उनले ब्यवस्थापन र कर्मचारी नङ र मासुको जस्तो सम्बन्ध कायम हुनुपर्ने समेत बताए ।

 

पूर्वका ५ जिल्लामा बिस्तार भएको यो बैंकका ४४ शाखा रहेका छन् । बैंकमा हाल २६८ जना कर्मचारी कार्यरत छन् । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त यो बैंक पूर्वमा सफल बैंकको रुपमा पहिचान बनाएको छ ।