झापा । झापाको अर्जुनधारामा ब्रदर एण्ड सिस्टर जिम हाउसको आयोजनामा शनिश्चरेमा भोलि (बुधबार)देखि ‘प्रथम अर्जुनधारा मिनी महोत्सव २०८०’ आयोजना हुने भएको छ ।

 

अर्जुनधारा ८ को नयाँ बजारलाई चलायमान बनाउन, बजार ब्यवस्थापन र विपद् ब्यवस्थापनलाई सहयोग पुर्याउने उद्देश्यले असार १३ देखि २७ गतेसम्म १५ दिने महोत्सवको आयोजना गरिएको मंगलबार महोत्सव स्थलमा पत्रकार सम्मेलनमा आयोजक समितिका कोषाध्यक्ष श्याम दनुवारले बताए ।

 

सयपत्री इन्टरटेन्डमेन्ट प्रालि झापाको ब्यवस्थापनमा आयोजना हुने महोत्सव आवश्यकताअनुसार समय बढाउन पनि सकिने आयोजक समितिका अध्यक्ष तुल श्रेष्ठले बताए ।

 

 

महोत्सवमा प्रमोद खरेल, मेलिना राई, ज्योती मगर, एलिना चौहान र रचना रिमाललगायतका राष्ट्रिय कलाकारहरु आउने तय भइसकेको सयपत्री इन्टरटेन्डमेन्ट प्रालिका सञ्चालक पर्वत लामाले जानकारी दिए । महोत्सवमा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने बताइएको छ ।

 

एक सय रुपैयाँ प्रवेश शुल्क रहेको महोत्समा मनोरञ्जनका लागि रोटेपिङ, ड्राइगन रेस, फिरफिरे रेसलगायतका मनोरञ्जनातमक खेलहरु समावेश गरिएको जनाइएको छ । महोत्सव सम्पन्न गर्न अनुमानित २० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

 

पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका सल्लाहकार भरत मोक्तान, मनोजकुमार गोम्देन, आयोजक समितिका सदस्य हिमाल पुरी, हेमलाल परियार, सयपत्री इन्टरटेन्डमेन्ट प्रालिका गौरी लिम्बुलगायतको उपस्थिति रहेको थियो ।