झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले बजारमा एक व्यापारीको घरमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति भएको जनाइएको छ । स्थानीय मोहन मैनालीको घरको पूजा कोठामा विद्युत सर्ट भई बिहान करिब ७ः३० बजेबाट आगलागी सुरु भएको हो ।

 

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार आगलागीबाट घरको माथिल्लो फ्ल्याटमा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार करिब ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कट्वालले बताए ।

 

प्रहरी निरीक्षक कट्वालका अनुसार ७ः३० बजेबाट सुरु भएको आगलागी ९ः३० बजेतिर पूर्णरुपमा नियन्त्रणमा आएको थियो । बाक्लो बस्ती भएको बजारबीचमा आगलागी भएपछि स्थानीयहरू त्रसित र आतङ्कित बनेका थिए ।

 

शिवसताक्षी, दमक, बिर्तामोड, कमललगायतका नजिकका पालिकाका दमकलको साहयताले २ घण्टामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।