बिर्तामोड । आर्थिक रुपमा फड्को मार्दै गरेको अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भाटभटेनी सुपर स्टोर झापाको बिर्तामोडमा आजदेखि सञ्चालनमा आएको छ । २६औँ शाखाका रुपमा आज असोज ४ गतेबाट सञ्चालनमा ल्याइएको हो ।

 

भाट भटेनी स्टोरमा एक लाख २५ हजारका विभिन्न प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । सुपर मार्केटमा झापा, इलाम जिल्लासहित भारतबाट समेत ग्राहकहरु सपिङ गर्न आउने सञ्चालक मीनबहादुर गुरुङको भनाइ छ ।

 

उद्घाटनका समयमा ग्राहकलाई प्रत्येक सामानहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको भट्टराईले बताए । २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आएको बिर्तामोडको भाट भटेनीमा स्केटिङ पार्क, फुड कोर्ट, दुईवटा सिनेमा हल रहेको छ । सातौँ तल्लासम्म रहेको भाट भटेनी झापाकै ठुलो सुपर मार्केट हो ।

 

 

यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्कवायर फुट सपिङ्ग स्पेससहित सञ्चालनमा ल्याइएको हो । स्टोर प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो । यसअघि कोशी प्रदेसको धरान, बिराटनगर तथा इटहरीमा सञ्चलनमा आइसेको छ ।

 

यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किडजान तथा स्केट पार्क लगयतका सुविधाहरु रहने भट्भटेनीले जर्नाएकोे छ ।

 

उद्घाटनको अवसरमा भाट भटेनीले समाजिक उत्तरदायित्व अन्तर्गत केही प्रभावकारी काम पनि गरेको थियो । भाट भटेनीले भगवान चोकदेखि हेवन वाटरपार्क पस्ने मुख्य राजमार्गको दक्षिणतर्फ कालोपत्रे सडकलाई चौडा गरेको छ ।

 

त्यस्तै, करिब ५ सय मिटर क्षेत्रमा सडक बत्ती पनि जडान गरिएको कम्पनीले जनाएको छ । सडक क्षेत्रमा रहेको झाडी पन्साउने र खाल्डाखुल्डी पुर्ने काम गरिएको छ ।