बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवार घोषणा गरेको छ । अतिथि सदनमा आज आयोजित एक कार्यक्रमका बीच स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवार घोषणा गरेको हो ।

 

घोषणा गरिएका पदहरुमा अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्षमा गंगा मैनाली, वाणिज्य उपाध्यक्षमा ओमकृष्ण श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई र महासचिवमा कृष्ण पौडेल रहेका छन् ।

 

त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनी उम्मेदवार बनेका छन् ।

 

त्यस्तै, खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेश सोहनी, रिता चौधरी, अमिर खानले उम्मेदवारी दिने भएका छन् । महिला सदस्यमा भने चन्द्रा भट्टराई र सुष्मा उप्रेती (सुवेदी)को उम्मेदवारी रहने भएको छ ।

 

आज आयोजित कार्यक्रममा समूहको तर्फबाट १९बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ । संघको निर्वाचन फागुन १४ गते हुँदैछ ।