बिर्तामोड । यही फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि एकजना स्वतन्त्र उम्मेद्वारसहित ३९ जनाले विभिन्न पदमा आज (आइतबार) मनोनयन दर्ता गरेका छ्न् ।

 

निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक व्यावसायिक प्यानलले सबै पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । स्वतन्त्रबाट उम्मेदवारी युवा व्यवसायी समिल राईको मात्र मनोनयन परेको छ ।

 

मनोनयन दर्तामा स्टिल तथा आलमुनियम फर्निचर व्यवसायी समिल राईले खुला सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन् । उनी खेलकुद तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् । यस्तै दर्जनौँ संघसंस्थामा आवद्ध उनी बिर्तामोडका ऊर्जाशील युवा व्यवसायीको अग्रपंक्तिमा पर्छन् ।

 

यसैबीच, निर्वाचनमा अर्जुनकुमार मैनाली र राजु न्यौपाने नेतृत्वबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अर्जुन स्वतन्त्र गठबन्धन र राजु लोकतान्त्रिक गठबन्धनका अध्यक्षका उम्मेदवार हुन् । यसपटकको निर्वाचनमा ५ हजार ६६१ मतदाता रहेका छन् । यसबाहेक १२ जना पूर्वअध्यक्षहरु मतदाता रहने व्यवस्था छ ।