बिर्तामोड । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ ।

 

कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबीसमेत गरेको छ । यस अफरअन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्ट वाच र बोट एयर डप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

 

चार हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच दुई हजार २४९ रुपैयाँमा र तीन हजार २९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयर डप्स १७० एक हजार ६९९ रुपैयाँमै अफरअन्तर्गत पाइने बताइएको छ ।

 

यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्मार्ट वाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयर डप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ । साथै, हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १-१ राउटरसमेत निःशुल्क पाउने छन् ।