शनिश्चरे । झापाको अर्जुनधारा ८ स्थित सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाले वार्षिकोत्सवको अवसरमा आफ्ना ज्येष्ठ सेयर सदस्यलाई शुक्रबार सम्मान गरेको छ ।

 

संस्थाको १४औँ वार्षिकोत्सवमा ६५ वर्षमाथिका ७ जना ज्येष्ठ सेयर सदस्यलाई नगदसहित सम्मान गरेको हो । संस्था सञ्चालक समितिकी अध्यक्ष ज्ञानकुमारी थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन झापा जिल्ला सहकारी संघका लेखा समिति सदस्य प्रेमसागर सापकोटाले गरेका थिए ।

 

सम्मानित ज्येष्ठ सेयर सदस्यहरु डण्डकुमारी बाँस्तोला, पार्वती शर्मा, फूलकुमारी खवास, बलबहादुर कार्की, यमुना गौतम, रामकुमारी रसाइली र सुन्दरा ओलीलाई नगदसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

 

त्यसैगरी, कार्यक्रममा टपरा र धागोको बात्ती बनाउने प्रतियोगिता सञ्चालन गरिएको संस्थाकी व्यवस्थापक पम्फादेवी विश्वकर्माले जानकारी दिइन् ।

 

 

संस्थाकी व्यवस्थापक विश्वकर्माले वार्षिकोत्सवको औचित्य तथा समितिकी सदस्य वीना ताम्राकारले स्वागत गरेको कार्यक्रममा कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष चन्द्रा सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन संस्थाकी कर्मचारी निर्मला राईले गरेकी थिइन् ।