
झापा । नयाँ रेकर्ड कायम गर्दै आज सुनको कारोबार भएको छ । सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको हो । हिजो एक लाख ४४ हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो ।
आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको थियो । आज चाँदी ५० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।