झापा । झापाको बिर्तामोडस्थित अदुवा खोलाछेउबाट छ लाख १५ हजार रुपैयाँबराबरको मोबाइल फोनसहित भारतीय नम्बरको गाडी र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले डब्ल्युबी ७४ एएक्स १९७४ नम्बरको हुन्डाई कम्पनीको भारतीय गाडीलाई जाँच गर्ने क्रममा भन्सार छलेर लुकाइछिपाई ल्याएको प्रयोग भइसकेको एप्पल कम्पनीको १२ थान मोबाइलसहित गाडी र चालकलाई पक्राउ गरिएको हो ।
भन्सार बीलबिनाको उक्त मोबाइल बुधबार नियन्त्रणमा लिइएको हो । भन्सार बीलबिनाको मोबाइल भेटिएकोले बरामद गरी गाडी र गाडी चालकलाई नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।
मोबाइलसहित गाडी र चालक मेचीनगर १० का ३१ वर्षीय सुर मुखियालाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले छ ।