झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहानकाे रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हाे ।

 

इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो ।

 

निगमका काठमाडौं उपत्यकामा अब पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँका दरले कारोबार गर्न पाइनेछ ।