झापा । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटाएको छ। निगमले गएराति १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २, मट्टितेल र डिजलमा प्रतिलिटर ११ रुपैयाँले मूल्य घटाएको हो।

 

यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ३७ डलरले घटाएको छ। ग्यासमा बढेर आए पनि हाललाई यथावत राखिएको जनाइएको छ ।

 

निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः १६०।५०, १६२ र १६३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः १५१।५०, १५३ र १५४ तोकेको छ ।

 

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर १३२ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ ।