
मेचीनगर । झापाको काँकडभिट्टा नाकाबाट तस्करीको माध्यमबाट भारत पठाउन लागेको लसुन प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मङ्गलबार साँझ ७ सय केजी लसुन बरामद हो ।
मेचीनगर नगरपालिका ६ स्थित बाँस झ्याङमा अवैधरुपमा ल्याइलुकाई छिपाई बेवारिसे अवस्थामा राखेको ३ लाख ५० हजार मूल्यबराबरको लसुन फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
सो लसुन भारत पठाउन त्यहाँ ल्याएर राखिएको बताइएको छ । बरामद गरिएको लसुन आवश्यक कारबाहीका लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।