झापा । ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ का लागि विशाल थापाको संयोजकत्वमा गठन गरिएको महोत्सव मूल आयोजक समितिलाई विस्तार गरिएको छ भने विभिन्न नौ वटा उपसमिति गठन गरिएका छन् ।

 

अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय स्तरमा उत्पादित बस्तुलाई अन्तर्राष्ट्रियस्तरसम्म प्रर्वधन गर्न बिर्तामोडमा आगामी माघ ८ गतेदेखि १९ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना गरिएको छ ।

 

व्यापार महोत्सवलाई सफल बनाउन यस अघि थापाको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति गठन गरिएको थियो । सोही समितिलाई बिर्तामोड उद्योग वाणिज्य संघको बैठकले विस्तार गर्दै अन्य नौ वटा उपसमिति गठन गरेको हो ।

 

महोत्सव मूल आयोजक समितिमा संघका महासचिव कुशल खतिवडालाई सचिव र युवराज निरौलालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । सोही समितिको सदस्यहरुमा सदस्यहरुमा रमेश घिमिरे, अनन्तलाल महत्तो, दिनेश श्रेष्ठ, डिल्लीराम कोइराला, शत्रुघन प्रसाद गुप्ता र सुष्मा उप्रेती सुवेदी रहेका छन् ।

 

त्यस्तै अनुगमन समितिको संयोजकमा गोमा भट्टराई रहेकी छिन् भने सदस्यहरुमा कृष्णप्रसाद बजगाई, युवराज कार्की पर्वत र सुशिला कुमारी कार्की रहेका छन् । यता संघका पूर्व अध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति, निर्मल भट्टराईको संयोजकत्वमा बैंक वित्तीय तथा सहकारी स्टल व्यवस्थापन उप समिति गठन गरिएको छ ।

 

त्यस्तै राजकुमार घिमिरे ‘राजु’ संयोजक र विशेश्वर प्रसाद बजगाई सदस्य रहेको स्टल तथा स्टेज निर्माण व्यवस्थापन उप समिति गठन गरिएको छ । जीवन कुमार खड्काको संयोजकत्वमा सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको हो ।

 

सचिवालय व्यवस्थापन/विद्युत प्राधिकरण संयोजन उप समितिको संयोजकमा पुकार बराल र सदस्यहरुमा राजु गौतम तथा रुद्रप्रसाद भुर्तेल रहेका छन् । दैनिक कारोवार तथा टिकट व्यवस्थापन उपसमितिमा राजकुमार शाह संयोजक तथा दिनेश श्रेष्ठ र युवराज कार्की सदस्य रहेका छन् ।

 

यता तिलोत्तमा खत्रीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यमा शत्रुघनप्रसाद गुप्ता , केदार खनाल, सुशिलाकुमारी बस्नेत रहेका छन् । स्थानीय सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा दिनेश श्रेष्ठ र स्वास्थ्य सेवा व्यवस्थापन उपसमितिमा कृष्णप्रसाद बजगाई संयोजक रहेका छन् ।