बिर्तामोड । झापाको बिर्तामोडमा नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघको १०औँ राष्ट्रिय वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

 

फर्निचर तथा फर्निसिङ ब्यवसाय अन्य ब्यापार ब्यवसाय पनि जोडिएकाले यो ब्यवसाय समस्यामा परेसँगै ब्यवसायीहरु पनि मारमा परेको वक्ताहरुले बताएका छन् । वक्ताहरुले कोभिड महामारीसँगै धरासायी बनेको ब्यवसाय अझै उठ्न नसकेको बताएका हुन् ।

 

उनीहरुले सरकारी तीनै तहका सरकारले ब्यवसायीको समस्या बुझेर समन्वय र सहकार्य गर्नु पर्नेमा जोड पनि दिए । महासंघका अध्यक्ष युवराज पौडेलले ब्यवसायीहरुका समस्या तथा अप्ठ्याराहरु समाधानका लागि मन्त्रालय, विभाग तथा विभिन्न उच्च सरकारी निकायहरुमा ढोका ढकढक्याइएको बताए ।

 

कार्यक्रममा नेपाल उद्योग बाणिन्य महासंघका उपाध्यक्ष तथा प्रमुख अतिथि हेमराज ढकाल, महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, होटल ब्यवसायी महासंघका उपाध्यक्ष डिभी गौतम, चेम्बर अर्फ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमलीले आफ्ना भनाइ राखेका थिए ।

 

यसैगरी, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, फर्निचर तथा फर्निसिङका मधेश प्रदेश अध्यक्ष बिनोद महत, संघका झापा अध्यक्ष रोहित आचार्यलगायतले आफ्ना भनाइ राखेको महासंघका द्वितीय उपाध्यक्ष खगेन्द्र खरेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन महासंघका महासचिव छबिलाल गैह्रेले गरेका थिए ।