मेचीनगर । झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बलले ३ लाख ६० हजार मूल्यबराबरको भन्सार छली भित्र्याइएको सूर्ती बरामद गरेको छ ।

 

हिजो मेचीनगर नगरपालिका १५ किशन कामतस्थित चिया बगानमा भारतबाट भन्सार छली अवैधरुपमा नेपालतर्फको ल्याएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापा र सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरको संयुक्त टोलीले सूर्ती बरामद गरेको हो ।

 

अन्दाजी ३ लाख ६० हजार मूल्यबराबरको १८ बोरा सूर्ती आवश्यक कारबाहीको लागि आज भद्रपुर भन्सार कार्यालयमा बुझाइएको हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले जानकारी दिएका छन् ।