ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूमा आज शोक बिदा दिइएको छ ।
वडा नम्बर ३ मा रहेको सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका भावना रसाइलीको हिजो जीप दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले सबै विद्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।
पालिकाले एक विज्ञप्ति जारी गर्दै सोमबार पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शोक बिदा दिइएको जनाएको छ ।
शिक्षिका रसाइलीको आइतबार बिहान करिब ९ बजेको समयमा फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा जीप दुर्घटना हुँदा मृत्यु भएको थियो । बोलेरो ब्रेक फेल भएर दुर्घटनामा परेको थियो ।
शिक्षिका फुङलिङ बजारबाट विद्यालय जाँदै गर्दा बोलेरो दुर्घटनामा परेको हो । मृतक रसाइली गत वर्षमात्र शिक्षा सेवा आयोग उत्तीर्ण गरी उक्त विद्यालयमा पोष्टिङ भएकी थिइन् ।