झापा । भारी वर्षाका कारण पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ । शिवसताक्षी नगरपालिकाको माइधार-दूधे सडक अवरुद्ध भएको हो ।
निर्माणाधीन एसियन हाइवेको डाइभर्सन ठाउँ ठाउँमा बगाएकाले सवारी आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले बताए ।
माइधार र दूधेबीचमा रहेको भालुखोलाको डाइभर्सन बगाउँदा यात्रुहरु अलपत्र परेको जनाइएको छ । लामो दूरीका सवारी साधनहरुलाई हिजैबाट चल्न रोक लगाइएको छ ।
यसैगरी, काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभर-फ्लो भएर माथिबाट पानी बगिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख पौडेलले बताएका छन् ।