झापा । पूर्वपश्चिम राजमार्गको कन्काई पुलमा परालको डल्लो राखेर ‘बमको आतंक’ मच्चाइएको छ । आज बिहान करिब ३ः४५ बजे झापा शिवसताक्षी १० माईधारस्थित कन्काई पुलमा शंकास्पद बस्तु फेला परेको थियो ।
शंकास्पद वस्तु फेला परेपछि पूर्वपश्चिम राजमार्गमा यातायातका सवारी साधनहरु अवरुद्ध भएका थिए । बिहान सबेरै सेनाको बम डिस्पोजल टोलीले हेर्दा सो शंकास्पद वस्तु परालको डल्लो भएको पुष्टि भएको छ । केहीबेर अगाडिबाट अवरुद्ध सवारी साधनहरु सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
उक्त शंकास्पद बस्तुलाई कागजले बेरेर “नेपाल बन्द होशियार” लेखिएको थियो । नेकपा (बहुमत) ले आज नेपाल बन्दको आह्वान गरेको बताइएको छ ।