झापा । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थप एक थान हतियार फेला परेको छ ।

 

हिजो साँझ ७ः३० बजे दमक ६ थाना रोडस्थित इप्रकाबाट अन्दाजी २० मिटर उत्तरपूर्वतर्फ रहेको याम्जी श्रेष्ठको खाली जग्गाको झाडीमा काठको भाग पूर्णरुपमा जलेको र हतियारको सम्पुर्ण भागमा खिया लागेको अवस्थामा वाई १३४८७ नम्बरको मार्क ४ राइफल फेला परेको हो ।

 

उक्त हतियार जेनजी आन्दोलनको क्रममा भदौ २४ गते इप्रका दमकबाट लुटिएको पुष्टि भएको छ । झापामा जेनजी आन्दोलनमा लुटिएका १४ थान हतियार अझै गायव नै रहेको छ ।