झापा । कुकुरलाई चक्कुले हानेर मारेको आरोपमा प्रहरीले दमकबाट एकजना युवालाई पक्राउ गरेको छ ।
हिजो बिहान १०ः४० बजे दमक ६ स्थित नयाँ सब्जीलाइनमा रत्न खसी मासु पसलमा काम गर्ने कामदारले चक्कुले हानेर कुकुर मारेका थिए ।
पाँचथर मिक्लाजुङ ५ घर भई हाल दमक ७ मा डेरा गरी बस्ने १७ वर्षीय अमित नेम्बाङले सोही पसलमा राखेको खसीको आन्द्रा कुकुरले खाइदिएको भन्दै उनले चक्कु हानेर कुकुरलाई मारेका थिए ।
घटनाबारे इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त भएपछि प्रहरी नायव निरीक्षक चन्द्रकुमारी चेम्जोङसहितको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । फौजदारी कानुनको पशुपंक्षीसम्बन्धी कसुरअनुसार कुकुर मार्नेलाई कारबाही हुने व्यवस्था रहेको छ ।