Spread the love

काठमाडौं । भारतको उढिसामा जारि हिरो गोल्डकप फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली जित हात पार्न सफल भएको छ ।

खेलमा नेपालका लागि अनिता बस्नेतले पहिलो हाफको ४१ औ मिनेटमा गोल गर्न सफल भइन । त्यस्तै  दोस्रो हाफमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन ।

नेपालले लिग चरणको तेस्रो खेलमा ईरानसंग प्रतिस्पर्धा गरेको हो । फाईनल पुग्न नेपाललाई आज जित्नैपर्ने दबाब छ । चार टोली सहभागि प्रतियोगिताका शीर्ष दुई टिम फाईनल प्रवेश गर्नेछन् ।

सावित्राले पुन खेलको अन्तिममा मिनेटमा अर्को गोल गर्दै नेपाललाई ३–० गोलको सहज जित दिलाउन सफल भईन । प्रतियोगितामा म्यानमार ६ अंक सहित शीर्ष स्थानमा छ । नेपालले पनि आजको खेलमा जित निकालेर ६ अंक बटुलिसकेको छ । ईरान अंक विहिन छ ।