Spread the love

फिदिम । पाँचथर गोल्डकपको तेस्रो संस्करण यही चैतको अन्तिम सातामा हुने भएको छ ।

आयोजक पाँचथर क्लबले फिदिममा पत्रकार सम्मेलन गरी चैत २३ देखि प्रतियोगिता सुरु हुने जानकारी दिएको हो ।

वैशाख २ गते फाइनल हुने प्रतियोगिता फिदिम माविको खेलमैदानमा हुनेछ । उद्घाटन खेलमा डिएफसी मोरङ र मिसन युनाइटेड ताप्लेजुङबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा ‘ए’ डिभिजनका क्लब, १ नम्बर प्रदेश र भारतीय गरी दश टिमको सहभागिता रहनेछ। प्रतियोगितामा आयोजक पाँचथर क्लबसहित हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, दार्जेलिङ युनाइटेड भारत, विजय युथ क्लब हेटौडा, मिसन युनाइटेड ताप्लेजुङ, रेडहर्स इलाम, विर्तामोड युनाइटेड झापा, डिएफसी मोरङ र न्यू स्टार सुनसरीको सहभागिता रहने छ।

प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाखसहित ट्रफी पाउँनेछन्।  त्यस्तै प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ। प्रतियोगिताको लागत ४३ लाख लाग्ने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको मुख्य प्रयोजकको रुपमा वाई वाई चाउचाउ रहेको छ भने फिदिम नगरपालिका लगायतले सहयोग गरेका छन्।