Spread the love

बिर्तामोड । झापा ११ फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाल सम्मानित भएका छन् ।

झापा ११ का पूर्व कप्तानसमेत रहेका कटुवाललाई बिर्तामोड नगरपालिका, बिर्तामोड १० नम्बर वडा र ऐतिहासिक सैनिक महोत्सवले संयुक्तरुपमा सम्मान गरेको हो । प्रशिक्षक कटुवाललाई फुटबल खेलमा लागेर खेल क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको उल्लेख छ ।

कटुवाललाई बिर्तामोड नगरपालिकाका मेयर ध्रु्रवकुमार सिवाकोटीलगायतले सम्मान गरेका थिए । सम्मान ग्रहण गरेपछि कटुवालले आप्mनै जन्म स्थानमा सम्मान ग्रहण गर्न पाउँदा फुटबल क्षेत्रको विकास गर्न अझ प्रेरित गर्ने फेसबुकमा पोस्ट गरेका छन् ।

महोत्सव फागुन ३ देखि १६ गतेसम्म सञ्चालन भएको थियो । तर, ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना भएर देश शोकमा डुबेकाले समापन गरिएको थिएन । आइतबा आयोजित समापन कार्यक्रममा पूर्व फुटबलर रामदर्शन गुरुङ र कविता गुरुङलाई पनि सम्मान गरिएको थियो ।